हालै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनको भित्री र बाह्य नीतिमाथि विभिन्न खालका निराधार दोषारोपणको एउटा भाषण प्रकाशित गर्नुभयो । उहाँको त्यस लेखबाट दश वर्षअघि अमेरिकी लेखक थोमस फ्रेडमनले "न्यूयोर्क टाइम्स"मा प्रकाशित गर्नुभएको बाइबल सम्बन्धी "द बिब्लिकल सेभेन इयर्स" शीर्षकको एउटा टिप्पणी लेख सम्झिन सकिन्छ । [caption id="attachment_60617" align="alignright"...बाँकी
भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक...बाँकी
‘इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।’ इतिहासको भौतिकवादी व्याख्याले यही भन्छ । ‘संसारको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो ।’ सर्वहारावर्गका महान् गुरुहरु कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रको सुरुवातमै उल्लेख छ । यी दुई महत्त्वपूर्ण वाक्यांशहरुलाई संंश्लेषण गरेर भन्न सकिन्छः संसारको आजसम्मको लिखित...बाँकी
गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी
स्वपना भोको पेट भर्नुको हो । नाङ्गो आङ ढाक्नुको हो । स्वपना सुरक्षाको हो स्वपना स्वास्थ्यको हो । स्वपना शिक्षाको हो । स्वपना खुसीको हो । तिम्लार्इ लाग्छ यी मैले निलेको छु ? तिम्लाई लाग्छ मैले सम्झौता गरेको छु ? मोति बिन्दु भएको आँखा पट्टि बाँध्नुभन्दा खतरा हुन्छ...बाँकी
विषय प्रवेशः यतिखेर देशमा दुइ तिहाइभन्दा बढी मत पाएको कम्युनिस्ट पार्टीको सरकार छ । विकास र प्रगतिको बाधक सामन्ती राजतन्त्र सदाका लागि इतिहासको मञ्चबाट हटेको छ । जनताले लामो गृहयुद्धको चपेटाबाट मुक्ति पाएका छन् । केही छिटफूट घटना बाहेक मुलुकले स्थिरता र शान्तिपूर्ण वातावरण प्राप्त गरेको छ ।...बाँकी
गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।”...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी
(समाजवादी क्रान्तिलाई ध्वस्त गर्नका लागि साम्राज्यवादीहरू र तिनका विश्वभर छरिएर रहेका दलालहरूले निरन्तर रूपमा सोभियत सङ्घ र रुसी क्रान्तिका महानायकहरू कमरेड लेनिन र कमरेड स्टालिन विरुद्ध निरन्तर कुप्रचार गर्ने गरेका छन् । त्यसमा पनि तिनीहरूले रुसी क्रान्तिका एक महान् नेता, क. लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनवाद विरोधी सङ्घर्षका...बाँकी
मुटु छेड्ने अति चिसो पश्चिमको वायु तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ । अस्ताउन थालेका छन् बिहानीका जुन कर्याङ कुरुङ गरेका छन् वनहाँस सुन ।। टकटक हिँडेका छन् फूर्तिसाथ घोडा बिगुलको मधुर धुन निकाल्दैछन् जोडा । लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला चढेका छौँ...बाँकी