चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगलार्इ प्राथमिकता दिने बताउनु भएको छ । नेकपा (माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष क. प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै...बाँकी
ए सुन्दरी ! न तिम्रा आँखामा सजिएकाे छ सुन्दर भविष्यकाे परिकल्पना न तिम्रो निधारमा देखिन्छ स्वतन्त्रताको कान्ति न गाँउछन् तिम्रा ओठहरू मुक्तिका गीत न फुत्किन खोजे तिम्रा हात उपभोगका काखबाट बजारको मोहमायामा रुमल्लिएकी तिमी आफै बेचिन तयार छौ बजाउँदै आफ्नै लिलामीमा ताली तब त तिमी कसरी सुन्दरी ?...बाँकी
आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट एकाएक बेपत्ता भए लेनिन हो साँच्चै बेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पुँजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए ठिटाहरूले झ्यानाकुटु पार्दै ल्याए र झुड्याइदिए देब्रे भित्तामा ! मनमोहनकोभन्दा कम मदन भण्डारीकोभन्दा कम सराद्धेकाे सालोजस्तै तिहारको ज्वाइँजस्तै खिस्रिक्क...बाँकी
विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच उल्यानोभ 'लेनिन' को जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी
लेलिन बाजे ! हाम्ले नि कोशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्राझैँ समाजवादको अझ एक हात अगाडि बढेर समृद्ध समाजवादको गीद् गाएकै छम् । बाजेलाई ख्याल होस् तिम्राझैँ यो पछौटे शताब्दी होइन । बरू यो त समृद्धिको शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग साम्राज्यवादीहरूसँग पनि...बाँकी
वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी
जनताको बहुदलीय जनवादमा जब घोले कमरेडहरूले एक्काइसौँ शताब्दीको जनवाद धर्ती आकाश थर्काऊँदै कमरेडहरू चिच्याए र सुनाए अमृतघडामा भरिएर आयो समाजवाद । तातो समाजवाद, रातो समाजवाद ।। धरापमा परेका महिलाहरूको अस्मिता उस्तै थियो र छ । मर्यादाहीन दलित जीवन उस्तै थियो र छ । श्रमजीवीहरू, किसानहरू सीमान्तीकृत जीवनहरू उसरी...बाँकी
जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी
हामी गरिब छौँ यो त तिमीलाई थाहा रहेछ । मानव अधिकारका मसिहा भन्थ्यौ सिरियामा चार लाख मर्दा कता गयौ ? हतियार बनायो भनेर आक्रमण गर्यौ टाउको छिनाल्ने गरी झुन्डायौ, इराक तहस नहस पार्यौ एसियाकै शान्ति खलबलायौ । युद्धलाई रोके प्रचण्डले नेपाललाई खलबलाउन दिएनन्, आधा रातमा मिल्छन्, तिमीलाई खबरदारी...बाँकी