विषय प्रवेशः यतिखेर देशमा दुइ तिहाइभन्दा बढी मत पाएको कम्युनिस्ट पार्टीको सरकार छ । विकास र प्रगतिको बाधक सामन्ती राजतन्त्र सदाका लागि इतिहासको मञ्चबाट हटेको छ । जनताले लामो गृहयुद्धको चपेटाबाट मुक्ति पाएका छन् । केही छिटफूट घटना बाहेक मुलुकले स्थिरता र शान्तिपूर्ण वातावरण प्राप्त गरेको छ ।...बाँकी
गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।”...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी
मुटु छेड्ने अति चिसो पश्चिमको वायु तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ । अस्ताउन थालेका छन् बिहानीका जुन कर्याङ कुरुङ गरेका छन् वनहाँस सुन ।। टकटक हिँडेका छन् फूर्तिसाथ घोडा बिगुलको मधुर धुन निकाल्दैछन् जोडा । लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला चढेका छौँ...बाँकी
प्रबुद्ध अतिथि, महिला तथा सज्जनबृन्द, यो सुन्दर सहर नानजिङमा सन् २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु...बाँकी
प्याट्रिस लुमुम्बा (१९२५-१९६१) - बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए - लुमुम्बा जो परे राष्ट्रवादी नेता । उनी 'अफ्रिकी समाजवादी लोकतन्त्र'लाई आफ्नो विचारधारात्मक आधार...बाँकी
हेलो सरकार , मि टू अर्बन नक्सल ! तिमी बदलिँदै गएपछि चाउचेस्कुमा च्याङ्काइसेकमा म पनि बदलिन बाध्य भएँ चारु मजुमदारमा चे ग्वेभारामा क्रान्तिकारीहरू परिचय लुकाउँदैनन् त्यसैले सिधा सिधा घोषणा गर्छु- मि टू अर्बन नक्सल ! तिमीसँग बन्दुक छ मसँग कलम तिमीसँग गोली छ मसँग अक्षर तिमीसँग राज्य छ...बाँकी
मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी,...बाँकी
प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ, त्यो नवौँ महिनाको नवौँ दिन मिठो सुवास छर्दै पहेँला फूलहरु फुल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौँ...बाँकी
सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी