म तिमी भन्छु बरु तँ भनौँला अहिले चाहिँ तपाईं भन्नै सक्दै सक्दिन, ए संसारको प्रजातान्त्रिक मुलुक तिम्रो प्रजातन्त्र हेर त कस्तो छ ? के ? तिम्रो पक्षको मताधिकार मात्रै प्रजातन्त्र हो जनपक्षीय मताधिकार प्रजातन्त्र भित्र पर्दैन । तिम्रो ठूलो प्रजातन्त्रको इतिहास हेर त कतै मानवीयता पाउँछौ ? जसले...बाँकी
शालिकहरू, शालिकहरू मात्र होइनन् जसलाई पनि उत्तिकै प्यारो लाग्ने त्यस्ता हुदैनन शालिकहरू ! जस्तो कि - क्रेमलिनमा लेनिनको शालिक ढल्यो एक थरिले खुसी मनाए अर्का थरिले दुख मनाए ! अस्ति भर्खरै पनि भारतमा फेरि लेनिनकै शालिक ढल्यो एक थरिले विजयोत्सव मनाए अर्का थरि रिसले मुर्मुरिए ! हिजो-अस्तिको कुरा...बाँकी
जिन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काइएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा वस्तीहरु सजाउने सपनाहरु देखिएकै हो जनतालाई ठग्नेहरु विरुद्ध विद्रोहको जिहाद छेडिएकै हो अप्ठ्यारा ती भीर र कान्लाहरुमा जति सकियो...बाँकी
पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने । चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।। छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन । ठण्डी...बाँकी
स्वपना भोको पेट भर्नुको हो । नाङ्गो आङ ढाक्नुको हो । स्वपना सुरक्षाको हो स्वपना स्वास्थ्यको हो । स्वपना शिक्षाको हो । स्वपना खुसीको हो । तिम्लार्इ लाग्छ यी मैले निलेको छु ? तिम्लाई लाग्छ मैले सम्झौता गरेको छु ? मोति बिन्दु भएको आँखा पट्टि बाँध्नुभन्दा खतरा हुन्छ...बाँकी
हेलो सरकार , मि टू अर्बन नक्सल ! तिमी बदलिँदै गएपछि चाउचेस्कुमा च्याङ्काइसेकमा म पनि बदलिन बाध्य भएँ चारु मजुमदारमा चे ग्वेभारामा क्रान्तिकारीहरू परिचय लुकाउँदैनन् त्यसैले सिधा सिधा घोषणा गर्छु- मि टू अर्बन नक्सल ! तिमीसँग बन्दुक छ मसँग कलम तिमीसँग गोली छ मसँग अक्षर तिमीसँग राज्य छ...बाँकी
मलाई प्रेम छ, धानका खेतहरूका हराभरा फाँटहरूसँग सूर्यको प्रकाश जब झर्दछ तीमाथि, उद्घाटित गरिदिन्छ स्वर्णिम दानाहरूको रहस्य । मलाई प्रेम छ, खेतमा दृढतासँग ठडिएका उखुसँग सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि, उद्घाटित गरिदिन्छ ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास । मैदानहरूबाट चलिरहेको हावा ल्याउँछ आफूसँग किसान अनि फार्म...बाँकी
पहिला, पाठापाठी कान्लाबाट उफ्रेर तल्लो गरामा हाम्फाल्दा हाँसिन्थ्यो, भाउजुले बोकेको पानीको गाग्री बाङ्गो हुँदा पनि हाँसिन्थ्यो, दाइले लगाएको खेतको आली भत्किँदा पनि हाँसिन्थ्यो, पाडोले माउको दुध चुसेको हेरेर पनि हाँसिन्थ्यो, गार्इले पाउर मारेको हेरेर पनि हाँसिन्थ्यो, हलीले जोत्दा दिनभर गोरूलार्इ हप्काएको सुनेर पनि हाँसिन्थ्यो, चिबेले कागलार्इ लखेट्दा पनि...बाँकी
प्यारी छोरी ! भात फाल्नुअघि सुन एउटा कुरा भन्छु भात फाले पनि त्यसपछि फाल्नू ! यो पृथ्वीमा बस्छन सात अरब मानिस झण्डै एक अरब मानिस भोकै सुत्छन कम्तिमा दस करोड मानिसहरू अरुले फालेको भात खाएर बाँच्छन् । भोकै सुत्ने एक अरबमा कम्तिमा छन् पच्चिस करोड बच्चाहरू जो दैनिक...बाँकी
बिफरले खाएको अनुहार बुढेसकाल लागेको शरीर पीडाले च्यात्तिएको मन कष्टमा बितेको यौवन र अनेक तरङ्ग एउटै पोल्टामा राखेर आफ्नो कुँजिएको भूत सम्हाल्दै सुन्दर भविष्य नियाल्दै आशाका किरण अँगाल्दै सक्षमताको दियो बाल्दै मेरी दिदीले आज छोरोलाई डाक्टरीमा भर्ना गरिन् । बिर्सेर छाउका चिसा रात भुलेर दुःखका अनेक बज्रपात बिर्सेर...बाँकी